Techie IT
  • ९ चैत्र २०८१, आईतबार
Sajha Hub

आयुष बने यु-२० फुटबल टोलीको कप्तान


काठमाडौं । मिडफिल्डर आयुष घलानले यु-२० साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।

१८ वर्षीय युवा खेलाडी आयुशले ‘बी’ डिभिजन लिगबाट सिधै राष्ट्रिय टिममा स्थान बनाएका थिए । उनी एक वर्षदेखि राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।

भारतमा आगामी साताबाट आयोजना हुने प्रतियोगिता अघि घाइते भएका स्ट्राइकर दिपेश राईको स्थानमा रोहित सुब्बालाई समावेश गरिएको छ ।

नेपाली टोली शुक्रबार भारततर्फ प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपालले माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

पाँच टोली सहभागिता प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा खेलाइनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि १८ साउनमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

 


क्याटेगोरी : खेलकुद, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्