Techie IT
  • ५ कात्तिक २०८२, मंगलबार

बैंक अफ काठमाडौंका पूर्वसीईओ श्रेष्ठलाई एक करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश


काठमाडौँ – सर्वोच्च अदालतले बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत (पूर्वसीईओ) अजय श्रेष्ठलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत, पाटनको आदेश बदर गर्दै एक करोड रुपैयाँ धरौटी मागेको हो।

सर्वोच्चले आइतबार उच्च अदालतको आदेशको पुनरावलोकन गर्दै धरौडीमा छाड्न आदेश दिएको हो। कमसल धितो प्रकरणमा श्रेष्ठलाई थुनामा पठाउने आदेश भएको थियो। बैंकका पूर्वकर्मचारी किरणकुमार बोहरालाई पनि एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालतको आदेश बदर गर्दै १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उच्चले बेरितको आदेश गरेको भन्दै श्रेष्ठ र बोहोरा दुवै सर्वोच्च अदालत पुगेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्