प्रधानमन्त्री ओली उपचारका लागि ग्राण्डी अस्पताल पुगे

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका छन्।प्रधानमन्त्री ओली डायलासिस् गर्न अस्पताल गएको प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिव्यासिंह शाहले पुष्टि गरेकी हुन् । उनका अनुसार डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कनेछन् ।
नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आइतबार दिउँसो ग्राण्डी अस्पताल पुगेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि केही समयअघि ग्राण्डी अस्पतालमा पुगेका छन् । उनको परीक्षणपछि आजै निवास फर्किने योजना रहेको छ ।’
प्रधानमन्त्री ओलीले गत साता ग्राण्डीमा मिर्गौलाको डायालासिस गराएका थिए। गत कात्तिक १३ गते र १४ गते प्रधामन्त्री ओलीको दुई पटक डायलासिस भएको थियो।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्