प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेशन शुरु

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अपरेशन शुरु भएको छ । पेट दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको ‘कन्फर्म’ भएपछि चिकित्सकहरुले अपरेशन शुरु गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई केही समय अगाडि मात्रै अपरेशन थिएटरमा लगिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरका चिकित्सकले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको उपचारमा त्रिवि शिक्षण अस्पताल र मनमोहन सेन्टरका चिकित्सकको टोली सहभागी छ । स्वास्थ्य अवस्था विग्रिएपछि प्रधानमन्त्री ओलीलाई आज विहान मनमोहन सेन्टर लगिएको थियो ।
प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी समेत हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौला फेरी विग्रिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्