अर्घाखाँची बस दुर्घटनामा १८ जनाको मृत्यु

सन्धिखर्क – अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका-६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको हो। सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको छ।
दुर्घटनामा १३ जना घाइते भएका छन्। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। अहिलेसम्म १८ जना को मृत्यु भएको शसस्त्र प्रहरीले जनाएको छ ।
घटनाको बारेमा बिस्तृत विवरण आउन बाकी छ। घाइते सात जनालाई उपचारकालागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्