Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

१३औं साग : पुरुष भलिबलमा नेपालको हार


काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको पहिलो खेलमा आयोजक नेपाल पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा बुधबार भएको खेलमा नेपाललाई समूह ‘ए’ को खेलमा बंगलादेशले ३-२ को सोझो सेटले पराजित गरेको हो। पहिलो सेट २५-२१ ले जितेको नेपाल दोस्रो सेटमा भने पराजित भएको थियो। दोस्रो सेटमा बंगलादेश २५-२३ ले विजयी भयो।

तेस्रो सेटमा फेरि नेपाल २५-१९ ले विजयी भयो। रोमाञ्चक चौथो सेट २६-२४ ले जितेपछि बंगलादेशले खेल २-२ को बराबरी गर्न सफल भयो। निर्णायक पाँचौ सेटमा नेपाल १२-१५ ले पराजित भयो। अब नेपालले समूहको अन्तिम खेलमा शुक्रबार भारतसँग खेल्नेछ। दक्षिण एसियाको पावर हाउस भारतलाई पराजित गरे मात्र नेपाल अन्तिम चारमा पुग्ने सम्भावना रहनेछ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्