सागको उद्घाटन र समापनमा जोर-विजोर प्रणाली लागू हुने

काठमाडौं – चक्रपथभित्र ट्राफिक प्रहरीले दुई दिन जोर(विजोर प्रणाली लागू गर्ने भएको छ। १३औं दक्षिण एसियाली खेलकुद ९साग०का बेला हुन सक्ने ट्राफिक जामलाई व्यवस्थापन गर्न भन्दै ट्राफिक प्रहरीले दुई दिन जोर-विजोर प्रणाली लागू गर्न लागेको हो।
सागको उद्धाटन र अन्तिम दिन गरी दुई दिन ट्राफिक व्यवस्थापन गर्न जोर(विजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ। साग उद्घाटनको दिन विजोर नम्बरका सवारी साधन संचालन हुनेछन्।
समापनका दिन भने जोर नम्बर प्लेटका सवारीमात्र संचालन हुनेछन्। साग मंसिर १५ गतेदेखि २४ गतेसम्म संचालन हुँदैछ। त्यस्तै, मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न, हर्नको प्रयोग नगर्न र ट्राफिक नियमको पूर्णरूपमा पालना गर्न प्रहरीले आग्रह गरेको छ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्