सरकारले देखिने काम गर्न सकेन : बाबुराम भट्टराई
दाङ – समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले दुईतिहाइ बहुमतको सरकारले सुखी नेपाली, समृद्ध नेपाल’को नारा लगाए पनि त्यसले अर्थतन्त्रमा कुनै प्रभाव नपारेको बताएका छन् । बिहीबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा लगाए पनि त्यसले अर्थतन्त्रमा कुनै प्रभाव नपारर्ने बताएका हुन् ।
‘सरकारले देखिने गरी न रोजगारी सिर्जना गर्न सक्यो, न त लगानी प्रवद्र्धन गरेर ठूल्ठूला उद्योगधन्दा खोल्न सक्यो,’ उनले भने, ‘देखिने गरी कुनै आर्थिक परिर्वतन पनि भएन।’ सरकारले ठोस योजनासहित दिगो विकासका काम थाल्नुपर्नेमा उनको जोड छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भ्रष्टाचार नियन्त्रण गर्न नसकेको उनको भनाइ छ।
‘आयोग अत्यन्तै कमजोर छ। दलगत भागबन्डाका आधारमा जाने आयोगका पदाधिकारीले निष्पक्ष रूपमा काम गर्न सक्दैनन्,’ उनले भने, ‘साना माछालाई मात्रै समात्ने गरिएको छ। ठूला माछालाई छुन सकेको छैन।’
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्