Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पुरुष भलिबलबाट भारतद्धारा नेपाल पराजित


काठमाडौं –  १३ औ दक्षिण एसियाली खेलकुद (साग) नेपालकोबाट पुरुष भलिबल टोली बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुक्रबार साँझ भएको खेलमा भारतसँग ३–० को सोझो सेटमा हार खेप्दै नेपाल बाहिरिएको हो ।

पहिलो सेटमा २५–१५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५–१३ ले पछि परेको थियो । तेस्रो सेटमा नेपाल २५–१६ ले पराजित भयो । समूह चरणको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । पुरुष भबिलमा नेपाल समूह ‘ए’ मा थियो । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनमा पुगेका छन् । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्