Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

कालापानी प्रकरणमा सरकार गम्भीर भएन : नेपाली कांग्रेस


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी प्रकरणमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरासमेत गाँसेर भारतले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दासमेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गरेको नदेखिएको कांग्रेसको भनाइ छ ।

शुक्रबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशङ्का र खतरा बढेको उल्लेख गरे ।

उनले यस विषयमा गम्भीर भएर पहलकदमी गर्न सरकारलाई आह्वानसमेत गरे । ‘पछिल्लो समय त्यस्तै घटना दोहोरीएको छ, वीपी कोइरालाले आफ्नो पालामा शिलान्यास गर्नुभएको बनेपा–वर्दीवास सडक गिरिजाप्रसाद कोइरालाको पालामा जापानको सहभागितामा निर्माण प्रारम्भ भई काम सम्पन्न भयो,’ उनले भने, ‘त्यही सडकसँग गाँसिएको धुलिखेलदेखि सूर्यविनायकसम्मको खण्ड विस्तार गर्ने जिम्मेवारीबाट जाइका बाहिरीने संकेत देखिनु दुःखद छ ।’


क्याटेगोरी : राजनीति

तपाईको कमेन्ट लेख्नुहोस्