उपचुनाव : थवाङबाट नेकपाले खाता खोल्यो

काठमाडौं – रोल्पाको थवाङ्ग गाउंपालिका वडा नम्बर १ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले खाता खोलेको छ ।
थवाङ्ग गाउंपालिका वडा नम्बर १ मा उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले खाता खोलेको हाे । नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् ।
२०८ मत खसेकोमा ९ मत बदर भएको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेले चुनावबहिस्कार गरेपछि कुल १२ सय ८८ मत मभ्ये जम्मा २०८ मत खसेको थियो । औपचारिक घोषण हुन भने बाँकी छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्