सुनसरीमा एम्बुलेन्स र ट्रक ठोकिँदा ७ जनाको मृत्यु

सुनसरी – सुनसरीमा ट्रक र एम्बुलेन्स दुर्घटना हुंदा ७ जनाको मृत्यु भएको छ । विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी एम्बुलेन्स चालकसहित ७ जनाको मृत्यु भएको हो । एम्बुलेन्स चालक राजेश दनुवारसहित एम्बुलेन्समा सवार ३४ वर्पीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३१ वर्षीय दिनेश राई र ३५ वर्षीय मुकेश राई छन् ।
विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत विशमाया राईको शव लिएर गएको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी विनोद शर्माले बताए ।
ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्