Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

लात्कारको झुटो आरोप लगाउने महिलालाई कैद सजायको फैसला


धनगढी– जबरजस्ती करणी (बलात्कार)को झुटो आरोप लगाउने २ महिलालाई जिल्ला अदालत कैलालीले जेल चलान गरेको छ । झुटो मुद्दा मुद्दा लगाएर प्रतिवादीलाई फसाउन खोजेको तथा अदालती सयमको अवमूल्यन गरेको अभियोगमा जिल्ला अदालत कैलालीले २ महिलालाई जेल चलान गरेको हो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले बलात्कारको मुद्दा दायर गर्ने महिलालाई जेल चलान गर्ने फैसला सुनाएको हो । कैलालीको घोडाघोडी नगरपालिका–५ का दशरथ चौधरीमाथि जवर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गर्ने महिलालाई १ महिना कैद सजाय सुनाइएको छ ।

यस्तै, कैलालीकै गौरीगंगा नगरपालिका–२ का श्याम गौतममाथि बलात्कारको आरोप लगाउने महिलालाई २ महिना कैद सजायको फैसला भएको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्