कास्की २ मा विद्या भट्टराई निर्वाचित

पोखरा – कास्की-२ को उपचुनावमा विद्या भट्टराई विजयी बनेकी छिन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।
शनिबार राति १०:३० बजेदेखि सुरु भएको मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो ।
यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।
विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्