सिद्धबाबालाई चार दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौँ – बलात्कार आभियोगमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत, सुनसरीले ४ दिन म्याद थप गरेको छ । सोमबार अदालतले गिरीमाथि थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीलाई अनुमति दिएको हो ।
बलात्कारको आरोप लागेलगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई प्रहरीले सोमबार बिहानै ५ बजे पक्राउ गरेर हिरासतमा राखिएको थियो ।
गिरी शनिबार विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमा भर्ना भएका थिए । अदालतले म्याद थप गरेपछि प्रहरीले उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगेको छ । गत कात्तिक ४ मा उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्