नेपालले श्रीलंकालाई दियो १७३ रनको लक्ष्य

काठमाडौं – १३औं सागको क्रिकेटमा नेपालले श्रीलंकाको यू-१३ टोलीसामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरीको उकृष्ट ब्याटिङको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो ।
नेपालको सुरुवात राम्रो रहेन । नेपालको स्कोर २ रन हुँदा पारस खड्का व्यक्तिगत एक रनमा आउट भए । आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ५१ रन थियो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँग मिलेर नेपालको पारी उकासे । दुवैले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । भण्डारी २१ रनमा आउट भए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्