Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

५ हजार मिटर दौडमा नेपाललाई थप एक स्वर्ण


काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तरगत ५ हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।नेपालका लागि गोपी चन्द पार्कीले स्वर्ण पदक जितेका हुन् । शुक्रबार भएको खेलमा उनले १४ मिनेट ५४.२० सेकेण्डमा उक्त दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै, नेपालकै हरि कुमार रिमालले सोही दौडमा काँस्य पदक जित्न सफल भएका छन् । रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दौड पूरा गर्दै नेपाललाई पदक दिलाए ।

रजत पदक भने भारतका सुनिल दवारले हात पारे । शुक्रबार भएको ४०० मिटर पुरुष हर्डल्समा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पाकिस्तानका मेहबुब अलीले स्वर्ण जित्दा भारतका जबिर मदारीपा र सन्तोष कुमार कुमारले क्रमशः रजत र स्वर्ण पदक जिते ।

४०० मिटर महिला हर्डल्समा पनि पाकिस्तानकी नज्मा प्रविनले स्वर्ण पदक जितिन् । दौडमा श्रीलङ्काकी कौशल्या मधुले रजत हात पारिन् भने भारतकी वीरपाल कौरले काँस्यमा चित्त बुझाइन् ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्