Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

भारतको राष्ट्रिय तेक्वान्दो खेलको हेड कोचमा कैलालीका प्रकाश जैगडी


गोवा – प्रकाश जैगडीलाइ अल ईन्डिया तेक्वान्दो राष्ट्रिय बोर्ड कमिटीको बैठकले अल इन्डिया राष्ट्रिय तेक्वान्दो हेड कोचमा चयन गरेको छ । कैलाली टिकापुर निवासी प्रकाश जैगडीलाइ अल इन्डिया राष्ट्रिय तेक्वान्दो हेड कोचमा चयन गरेको हो ।

सन् २,००० बाट तेक्वान्दो खेलमा प्रवेश गरेका जैगडी सन् २,००३ ब्लकवेल्ड प्राप्त गरेका थिए । उनले तेक्वान्दो खेलमा भारतलाइ अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भुमिका खेलेका छन् अहिलेसम्म उनले भारतको तर्फबाट तेक्वान्दो खेलमा सहभागि भई अन्तर्राष्ट्रिय स्तरका गोल्डमेडल र मेडलहरु प्राप्त गरेका छन् ।

अहिलेसम्म उनले भारतको तर्फबाट भागलिइ रसीया कोरिया जापान मलेसिया नेपाल इन्डोनेसिया श्रीलंका बंगलादेश विश्वका अधिकांश देशहरुबाट भारतलाई गोल्डमेडल र विभिन्न मेडलहरु दिलाउन सफल छन् । उनले दुई पटक राष्ट्रिय तेक्वान्दो वेस्ट प्लेरको उपाधि समेत पाइसकेका छन् ।

तेक्वान्दो खेललाई आफुले भारतभर विस्तार गर्न महत्त्वपूर्ण भुमिका खेलेको तर भारत सरकारबाट अपेक्षा अनुसार साथ सयोग नपाएको उनी बताउँछन् । तेक्वान्दो खेलमा खेलाडीलाई जति पिडा दुख छ त्यति अरु कुनै पनी खेलमा नभएको बताउँछन् । तर जतिसुकै दुख पिडा भएपनि आगामी दिनहरुमा आफुले तेक्वान्दो खेललाई भारत भरि सशक्त रुपमा विकास गर्ने बताए ।

विगत देखि अहिलेसम्म आफुले तेक्वान्दो खेललाई अगाडि बढाउनमा आफ्नो धेरै खुन पसिना बगेको बताउछन् आफुले शिक्षा दिएका हजारौं शिष्य अहिले यस् खेलमा मेडल गोल्डमेड विजेता भएको यसमा गर्व गर्दै सौभाग्यशाली व्यक्ति भएको बताए ।

उनले बलिवुड हलिवुड सेलिब्रेटिहरुलाइ पनि तेक्वान्दो सिकाउंछन् । बलिवुडमा अजय देवगन काजल टाइगर श्रफ अक्षकुमार र साउथ इन्डियन फिल्म र विभिन्न सिरेल कलाकार हरुलाइ एक्सन सिकाउछन् ।  उनी यहीँ डिसेम्बर २५ देखि डिसेम्बर ३० सम्म हुनगैरहेको अल इन्डिया राष्ट्रिय तेक्वान्दो टुनामेन्टको तयारी गरीरहेका छन् ।

उक्त टुनामेन्टमा नेपाल भारत श्रीलंका बंगलादेश मालदिप्स मलेसिया चाइना कोरिया जापान लागायत विश्वका विभिन्न देशबाट तेक्वान्दो खेलाडीले भाग लिने बताउँछन् ।उनी आफ्नो करियर भारतमा सुरुभएपनि उनी एक नेपाली बुवाको छोरा भएकोमा गर्व गर्नेछन् र निकट भविष्यमा आफू नेपाल र नेपालीका लागि केहि नयाँ कार्य सुरुगर्न सकिने बताउँछन् ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्