कैलालीका किरण सिंह बोगटीले जिते म्याराथनमा स्वर्ण पदक

काठमाडौँ – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् । कैलाली घर भएका उनी एपिएफमा आवद्ध छन् ।
निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उनले स्वर्ण जितेका हुन् । भारतका रासपाल सिंहलाई ४० सेकेण्डले पछि पार्दै उनले स्वर्ण हात पारेका हुन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्