भारतसँग हारेपछि प्रशिक्षक खड्काले दिए राजीनामा

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारतसँग नेपाली महिला फुटबल टोली पराजित भएपछि प्रतिक्षक हरि खड्काले राजीनामा दिएका छन् । महिला फुटबल टोलीका प्रशिक्षक खड्काले हारको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।
खड्काकै प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप र ओलम्पिक छनोट खेलेको थियो । सागको महिला फुटबल फाइनलमा नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो ।
सोमबार दिउँसो पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई दुई गोल पराजित गरेको हो । हारसँगै नेपाल रजतमै सीमित भएको छ ।
भारतका लागि एमजी बालादेवीले दुई गोल गरेकी हुन् । नेपालले भने गोल फर्काउन सकेन । ११औं सागबाट समावेश भएको महिला फुटबलमा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्