बक्सिङमा मिनुले जितिन् स्वर्ण पदक

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ । सोमबार नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन् ।
महिला ४३ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई अंकका आधारमा हराइन् । नेपालकी ललिता मर्हजनले ४८ केजीमा रजत जितिन् ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्