नेपाली बालिकालाई बलात्कार गरेको आरोपमा अमेरिकी नागरिक लोएड पक्राउ

काठमाडाैं – नेपाली बालिकालाई आर्थिक प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसबाट ४० वर्षीय ज्यासोन लोएड मुडीलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार मुडीलाई होटलको १०४ नम्बर कोठाबाट तीन बालिकासहित पक्राउ गरिएको हो। मुडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ। ५६७४७२५३५ राहदानीबाहक उनलाई जबरजस्ती करणी तथा जबरजस्ती उद्योग गरेको कसुरमा अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। मुडी अमेरिकाको इलिनोइज राज्यका हुन्।
मुडी बसेको कोठाबाट तीन थान राहदानी, ल्यापटप, चार थान मोबाइल, बैंकका एटिएम कार्डहरू, विश्वभाषा क्याम्पसबाट जारी भएको परिचय पत्रलगायत बरामद भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्