संसदको हिउँदे अधिवेशन पुसको पहिलो साता बोलाउने सरकारको तयारी

काठमाडौं – संसदको हिउँदे अधिवेशन पुसको पहिलो साता बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो ।
असोज २ गते संसदको बजेट अधिवेशन सकिएको थियो । विधेयक अधिवेशनका रूपमा समेत लिइने हिउँदे अधिवेशन सामान्यतः पुसदेखि फागुनसम्म बोलाउने गरिन्छ । यसपालि हिउँदे अधिवशेनले नयाँ सभामुख समेत चयन गर्नुपर्नेछ ।
गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ परेपछि सभामुख पद रिक्त छ । महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्