Techie IT
  • २८ असोज २०८२, मंगलबार

साग फुटबलमा नेपाल चौथो पटक च्याम्पियन


काठमाडौँ — पुरुष फुटबलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।

कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए। खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे। सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो।

तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो। आज भएको खेलमा स्वर्ण जितेसँगै नेपालले पाकिस्तानसँगको रेकर्ड बराबर गरेको छ। साग फुटबल इतिहासमा पाकिस्तान र नेपालले चार–चार पटक उपाधि जितेका छन्।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्