Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

अमेरिकाको जर्सी शहरमा गोलीबारी, पुलिस सहित ६ जना मारिए


एजेन्सी – अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक पुलिस अधिकारीसमेत ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिवन फुलपका अनसार दुई अन्य पुलिसकर्मी समेत घाइते भएका छन् । शहरको ग्रीनविले इलाकामा लगभग एक घण्टासम्म दुईतर्फी गोलीबारी भयो । जर्सी शहर हडसन नदीको अर्कोतर्फ छ । हडसन नदीको एकातर्फ न्यूयोर्क शहर छ ।

गोलीबारी गर्ने को थिए र उनीहरुको यस पछाडिको उद्देश्य के थियो भन्नेबारे केही निश्चित जानकारी आइसकेको छैन । तर अधिकारीले यो चरमपन्थी हमला नभएको अनुमान गरेका छन् । स्थानीय मिडिया अनुसार गोलीबारीको सुरुवात एउटा पसलबाट भयो जहाँ दुई संदिग्धले बन्दुक लुकाएर राखेका थिए ।

मारिएका पुलिसकर्मी ३९ वर्षका जोसेफ सील्स थिए । उनी पछिल्लो १३ वर्षदेखि जर्सी शहरको पुलिसको सेवामा थिए । जर्सी शहरका पुलिस प्रमुख माइक केलीले स्थानीय समयानुसार दिउँसो १२ बजे आसपास गोलीबारीको सुरुवात भएको जानकारी दिएका छन् ।

जोसेफ सील्सले दुई संदिग्धलाई पक्राउ गर्ने कोसिस गर्नेबेला मारिएको बताइएको छ । दुबै संदिग्ध एउटा ट्रकमा भागेको र नजिकैको सुपरमार्केटमा गएर लुके । उनीहरुले पसलभित्र गएर पुलिसमाथि गोली चलाइरहेको बताइन्छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्