करोडौं ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं – अनलाइन ठगी र बैंकको सिस्टम हृयाक गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक उपहार पर्यो भन्दै सार्वसाधारणलाई ठगेको आरोपमा प्रहरीले यो समूहलाई पक्राउ गरेको थियो ।
तर अनुसन्धानका क्रममा कृषि विकास बैंकको हृयाकिङमा संलग्नहरुसँग समेत उनीहरुको कनेक्सन देखिएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘करिव १६र१७ करोडको कारोबार देखिन्छ ।’
उनका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको र यसबारे अनुसन्धान गर्न पत्राचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्