नागरिकता संशोधनपछि भारतमा आन्दोलन

नयाँदिल्ली – भारतमा नागरिकता संशोधन विधेयक पारित भएपछि विपक्षी दल लगायत विभिन्न समूहहरु आन्दोतिल बनेका छन् । खासगरी मुस्लिम समुदायले विधेयकको विरोध गर्दैआएका छन् ।
को छ । विद्यार्थी, नागरिक अगुवा समेतले प्रदर्शन गरेका छन् । उक्त विधेयक राज्यसभाबाट पारित भएपछि आन्दोलन झन् चर्किएको हो । कतिपय ठाउँमा प्रदर्शनकारीले ढुंगामुडा प्रहार गर्दै टायर बालेका छन् ।
प्रहरीसँग झडप हुँदा दर्जनौं प्रदर्शनकारी घाइते छन् । आसामका गुहावटी लगायत क्षेत्रमा प्रदर्शन व्यापक भएको छ । हजारौंको प्रदर्शन दबाउन सरकारले सेना परिचालन समेत गरेको स्थानीय मिडियाले जनाएका छन् ।
हुवाहटी र दिब्रुगाह्रमा त आन्दोलनका कारण सवारी साधन ठप्प हुनुका साथै उडान समेत अवरुद्ध भएका छन् । पछिल्लो समय आसामको गुवाहटी लगायत सहरमा सरकारले सेना परिचालन गरेको छ ।
भारतीय सञ्चार संस्था पिटिआइका अनुसार गुवाहटी, तिनसुकिया, दिब्रुगाह्र र जोरहाट जिल्लामा पनि सेना परिचालन गर्दै कर्फ्यू लगाइएको छ । आसामका १० जिल्लामा कर्फ्यूका साथै इन्टरनेट सेवा बन्द गरिएको हो ।
आसामका मुख्यमन्त्रीको निवासमै प्रदर्शनकारीले आक्रमण गरेको भन्दै कर्फ्यू अनिश्चितकालीन रुपमा लम्ब्याइएको छ । प्रदर्शनका कारण मुख्यमन्त्री सर्वमण्यम सोनवल र प्रदेशमन्त्री रामेश्वर तेलीको सवारीमा समेत केही बेर अवरोध सिर्जना भएको थियो ।
लेखिनगर क्षेत्रस्थित सोनवलको घरमै प्रदर्शनकारीले ढुंगा प्रहार गरेको स्थानीय मिडियाले जनाएका छन् । दुलियाजनस्थित रामेश्वर तेलीको निवासमा पनि ढुंगा प्रहार गरी भौतिक संरचनामा क्षति पुर्याइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भने आसामका जनतालाई नागरिकता विधेयकले कुनै असर नगर्ने भन्दै उनीहरु यसबारे चिन्तित बन्नु नपर्ने प्रतिक्रिया दिएका छन् । ‘तपाईँहरुको अधिकार कसैले पनि खोस्न नक्दैन’ प्रधानमन्त्री मोदीले भनेका छन् ।
गुहावटीमा त दशौं हजारको संख्यामा स्थानीय बासिन्दाहरु कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका छन् । भारत सरकारले लोकसभा हुँदै राज्यसभाबाट समेत नागरिकता संशोधन विधेयक पारित गरेपछि आन्दोलन चर्किएको हो ।
क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्