Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

चीनले दियो नेपाल प्रहरीलाई २३ मोटरसाइकल


काठमाडौँ – नेपालस्थित चिनियाँ राजदूतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ । दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको सो मोटरसाइकल हस्तान्तरण गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिव वाङ छियो लङले उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तिव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागी चिनियाँ राजदुतावासलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा राजदूतावासका प्रथम सचिव वाङले शदियौँदेखिको नेपाल–चीनबीचको मैत्री सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै मोटरसाइकल सहयोग यसै प्रगाढ सम्बन्धको प्रतीक भएको बताए। उक्त सहयोगले काठमाडौँ उपत्यकाका अत्यधिक जनघनत्व र भौतिक संरचनाको कारणले चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अवस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्ने विश्वास लिइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्