Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

जीप दुर्घटनामा प्रहरी जवान श्रेष्ठको मृत्यु


बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–१ घर भई हाल पुरघाट प्रहरी चौकी हाटमा कार्यरत २४ वर्षीय सुदिप श्रेष्ठको मृत्यु भएको हो । बुधबार बिहान खोड्पेबाट हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जीप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै पल्टिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किसन चन्दले जानकारी दिए का । जीप र चालक पूर्णानन्द बडुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्