Techie IT
  • ६ भदौ २०८२, शुक्रबार

आजदेखि संसदको हिउँदे अधिवेशन सुरु, प्रतिनिधि सभामा उपसभामुखको अध्यक्षता


काठमाडौँ – संघीय संसद दुबै सदनको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ। दिउँसो ४ बजे बस्ने  प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छन्।

राष्ट्रिय सभाको बैठक राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नेछन् भने प्रतिनिधि सभामा सभामुख पद रिक्त रहेका कारण उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले गर्दैछिन् । गत असोज १३ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ ।

राष्ट्रिय सभाको बैठकपूर्व राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले कार्यपरामर्श समितिको बैठक डाकेर आजको बैठकको कार्यसूची तय गरिसकेका छन् भने प्रतिनिधि सभाको बैठकका लागि उपसभामुख तुम्बाहाङ्फेले कार्य परामर्श समितिको बैठक बोलाएकी छिन् ।

आजको राष्ट्रिय सभामा राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र पढेर सुनाउने, दिवगंत पूर्व सांसद रामेश्वरप्रसाद ढुङ्गेलको निधनमा शोक प्रस्ताव पारित गर्ने र संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ । यता प्रतिनिधि सभाको कार्यसुची भने कार्यपरामर्श समितिको बैठकले तय गर्दैछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्