पश्चिमी वायूको प्रभाव : हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको र पश्चिमी भू-भाग लगायत पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ । नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ ।
जसका कारण पश्चिम भेगका उच्च पहाडी/हिमाली भू-भागमा हल्का हिमपात र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले पूर्वी र मध्य तराईका केही स्थानमा सामान्य हुस्सु/कुहिरो देखिएको हुँदा सो स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढेको जनाएको छ । चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्