Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

शोक प्रस्ताव पारित गर्दै सकियाे प्रतिनिधिसभा बैठक


काठमाडाैं – राष्ट्रियसभाले विभिन्न मितिमा निधन भएका चार जना पूर्व सांसदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकले संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म निधन भएका तत्कालीन नेकपा एमालेका तीन र नेपाली काँग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधनप्रति उक्त शोक प्रस्ताव पारित गरेको हो ।

तत्कालीन नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका हरि बैरागी दाहालको ६२ वर्ष र एमालेकै तर्फबाट संविधानसभामा समानुपातिक निर्वाचित कमलाकुमारी घिमिरेको ५० वर्षको उमेरमा निधन भएको थियो । नेकपा एमालेकैतर्फबाट प्रतिनिधिसभामा सदस्य रहेका रामलखन महतोको ६६ वर्ष र नेपाली काँग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेका रामेश्वर ढुङगेलको ५९ वर्षको उमेरमा निधन भएको थियो ।

शोक प्रस्तावमा चारै पूर्वसांसदको प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पु¥याएको योगदानको स्मरण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उनीहरुको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही पुस ७ गते दिउँसो १ बजे बस्नेछ ।


क्याटेगोरी : राजनीति

तपाईको कमेन्ट लेख्नुहोस्