Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

इराकमा जारी आन्दोलनमा चार सय ८५ जना मारिए


इराक – इराकमा अहिले भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४ सय ८५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । गत अक्टोबरको शुरुदेखि भइरहेको आन्दोलनका क्रममा २७ हजारभन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

‘ह्युम्यान राईट्स वाचडग’ले शुक्रबार दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएका झडप भागदौड आदीका कारण उनीहरुको मृत्यु भएको हो । इराकी मानवअधिकार सम्वन्धी स्वतन्त्र उच्च आयोगका सदस्य अलि अल बैयातीले यो विवरणको पुष्टि गरेका हुन् ।

आन्दोलनका क्रममा भएका प्रदर्शनहरुमा २ हजार ८०७ पक्राउ परेका ती मध्ये अझै पनि १ सय ७ जना हिरासतमा रहेका बैयातीले बताए । अपरिचित बन्दुकधारीहरुले आमनागरिक र आन्दोलनकारी गरी कुल ४८ जनालाई अपहरण गरेका उनले थप जानकारी दिए ।

इराकमा हत्या र अपहरण जस्ता घटना पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । सरकार तथा भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागी भएकाहरु, नागरिक अगुवाहरुलाई अपहरण गर्ने गरेको पाइएको उच्च आयोगका सदस्य बैयातीको भनाइ छ ।

आयोगले बग्दाद र अन्य सहरहरुमा हत्या तथा अपहरणका घटना बढ्दै जानसक्ने भन्दै नागरिक अगुवा, आन्दोलनकारी र सर्वसाधारणलाई सचेतसमेत गराएको छ ।

आयोगका अधिकारीहरुले सुरक्षा सतर्कका बढाउनु पर्ने खाँचो औल्याउदै निशस्त्र नागरिक तथा आन्दोलनकारी र अगुवाहरुको सुरक्षाको सुनिश्चितता गर्न पनि सरकार सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्