Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

समाजवादी पार्टी निकट भारतका विभिन्न राज्यमा संगठन विस्तार अभियान जारी


नयाँ दिल्ली – समाजवादी पार्टी नेपाल निकट प्रगतिशील नेपाली समाज भारतका विभिन्न राज्यहरुमा संगठन विस्तार तथा एकता बैठक दिल्ली राज्य समिति घोषणा कार्यक्रम भएको छ ।

संगठनका दिल्ली राज्य अध्यक्ष रतन महरको अध्यक्ष्यता र केन्द्रीय अध्यक्ष प्रकाश नेपाली प्रमुख अतिथिमा कार्यक्रम भएको थियो ।उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले पछिल्लो राजनीति घटनाक्रम र आगामी दिनमा आफ्नो संगठनले लिन विषयमा आफ्नो धारणा राखेका थिए ।

साथै केन्द्रीय उपाध्यक्षहरु विरेन्द्र सिङ कृष्ण खड्का सचिव गणेश अधिकारी प्रवक्ता गोकुल भुजेल लगायतले समसामयिक विषय वस्तुमा आफ्ना मन्तव्य राखेका थिए । गतहप्ता एकता बैठकले रतन महरको अध्यक्षतामा १७ सदस्यीय राज्य समिति गठन गरेको थियोे उक्त समितिमा  सर्बसहमतीबाट गठित दिल्ली राज्यको संरचनागत शक्ति निम्न छ १

-अध्यक्ष रतन महर ,उपाध्यक्ष ठानेश्वर भण्डारी ,सचिव अर्जुन दाहाल रकोषाध्यक्ष ज्ञान प्रशाद पाण्डे ररुचि सिंह मन्जुसा शाह  पत्रकार विकाश वि.क ( सदस्य रलाल बहादुर खड्का र राम भण्डारी रगगन चनारा र कलक बि।क र
अर्जुन आग्री र हेमलाल पन्थ रमिना खत्री रअशोक सार्की  बाकी तिनजना पछि थपगर्ने सहमति भएको छ ।

प्रगतिशील नेपाली समाज भारतको दिल्ली राज्य समितिको ऐतिहासिक संगठन निर्माणको अभ्यासको दोस्रो अध्यायको सफलता पछि बाकी चुनौती र सम्भावनाहरु संग मितेरी लगाउदै एकता बैंकक सम्पन्न भएको स्व संगठनका प्रवक्ता गोकुल भुजेलले बताए ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्