Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

न्याय सेवा आयोगले माग्यो ३९ जना जिल्ला न्यायाधीश


काठमाडौं – न्याय सेवा आयोगले ३९ जना न्यायाधीशको माग गरेको छ। आयोगको परीक्षा महाशाखाले नेपालको संविधान २०७२ को धारा १४९ को उपधारा २ को खण्ड ख र ग बमोजिम जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त दिन भनिएको छ।

आयोगको सूचना अनुसार अन्तरिक खुला तर्फ १४ जनाको माग गरिएको छ भने खुलामा ९ जना महिला १ जना, आदिवासी जनजाति २ जना, मधेशी १ जना, अपांग १ जना र पिछडिएको क्षेत्रबाट १ जनाको माग गरिएको छ। त्यस्तै दरखास्त दिन सूचना प्रकाशित भएको ३० दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिन सम्म दिन सकिने छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्