Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

रुसको लडाकु विमान दुर्घटनाग्रस्त


मस्को– रुसको लडाकु विमान पुटिनको वायु सेनामा प्रवेश गर्नु केही दिन अगाडि दुर्घटनामा परेको छ । सुखोइ सु–५७ स्टिल्थ फाइटर रुसको सुदुर पूर्वमा आगोको ज्वाला सहित दुर्घटना भएर पुरै ध्वस्त भएको अधिकारीहरुले बताएका छन् ।

पाइलट भने इजेक्टर सीटबाट सुरक्षित रुपमा बाहिर आउन सफल भएका छन् । रुसको वायु सेनाले ७६ ओटा १५ करोड ५० लाख डलरको विमान अर्डर गरेको थियो । यो विमान अमेरिकाको एफ–२२ ¥याप्टर स्टिल्थ फाइटरलाई टक्कर दिने मानिएको छ ।

सु–५७ चिनिया जे–२० जेट जस्तै हो । उक्त विमान चिनियाँ ह्याकरहरुले अमेरिकी विमानको प्र्र्विधि चोरेर बनाएको बताइदै आएको छ ।

जियोम्गीका वासिन्दाहरुले कोम्सोमोल्स्को–अन–अमुरको त्यस्तै ७ माइल उत्तरमा ठूलो आवाज सुनेका थिए । यो आवाजसँगै उनीहरुले युद्धका विमान समस्यामा परेको विश्वास लिएका थिए ।

उच्च प्रविधिको नियन्त्रण प्रणालीको असफलताका कारण विमान दुर्घटना भएको हुन सक्ने एक स्रोतले बतायो


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्