काठमाडौंको तापक्रम १ डिग्रीभन्दा कम

काठमाडौं – देशैभरि चिसो बढ्ने क्रम जारी छ। काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल झरेको छ। बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन भएको छ।
जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ भने डडेल्धुरामा १।७, सर्खेतको २, दीपायलको ३.५ र पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्