विप्लवका कार्यकर्ता काठमाडौंबाट पक्राउ

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव नेकपाका जनवर्गीय संगठनका १५ कार्यकर्तालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सरकार विरोधी प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले विद्यार्थीहरुको समूहमा धरपकड गरी नियन्त्रणमा लिएको हो ।
आइतबार भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा सरकार विरोधी कार्यक्रम गरिरहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिषद्का प्रवक्ता होबेन्द्र बोगटीले सरकारको विरोधमा कार्यक्रम गर्न थालेपछि उनीहरुलाई पक्राउ गरेको जानकारी दिए। पक्राउ परेकामाथि छानबिन भइरहेको प्रवक्ता बोगटीले बताए।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्