Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

सामाजिक सञ्जालमा जिस्क्याए १५ लाख जरिमाना, पाँच वर्ष जेल (विधेयक सहित)


काठमाडौं – सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि सरकार तथा संघसंस्थाको मानहानी हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालनका गतिविधि गरे १५ लाख रुपैयाँ जरिमाना हुने भएको छ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अब सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले विरोध गरे पनि समितिले बहु्मतसहित विधेयक पारित गरेको छ। विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउन र हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा पाँँच वर्ष जेल वा १५ लाख रुपैयाँ जरिमाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ। बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिइन् ।

विधेयक पारित गर्ने सन्दर्भमा सांसदहरु सत्ता र प्रतिपक्षमा विभाजित भएका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले ३६ बुँदाको संशोधनसहितको विधेयक पारित गर्नुपर्ने मत राखेका थिए । विधेयकमा सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्