एमसीसी सम्झौता संसदबाट पास हुन्छ :मन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित हुने बताएका छन् ।
सोमबार मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले सरकारको धारणा नबदलिएको भन्दै एमसीसी सम्झौता बर्खे अधिवेशनमा दर्ता गरिसकेको बताए ।
‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो । हामीले एमसीसी सम्झौता बर्खे अधिवेशनमा दर्ता गरिसकेका छौं,’ उनले भने, ‘यो पास हुन्छ, सरकार प्रस्ट छ ।’ मन्त्री ज्ञवालीले ककसले केके भने त्यसलाई नहेरेर एमसीसी हामीलाई आवश्यकता हो की होइन भन्ने तीर ध्यान दिन आग्रह गरे ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्