Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

तातोपानी नाकामा चिनियाँ पर्यटकलाई स्वागत


काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको दिन तातोपानी नाकामा चिनियाँ पर्यटकलाई स्वागत गरिएको छ । नेपाली परम्पराअनुसार चिनियाँ पर्यटकलाई स्वागत गर्दै सीमा प्रवेश गराइएको हो ।

तातोपानी आइपुगेका चिनियाँ पर्यटकलाई जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ लगायतका नेपाली प्रतिनिधिले स्वागत गरेका छन् । नेपाली पञ्चेबाजा, नेवारी, शेर्पा र तामाङ संस्कारको बाजा र नाचले पर्यटकलाई मनोरञ्जन गराइएको थियो । सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउन शुरू गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्