Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

अर्थका उपसचिव विरुद्ध चार करोड ६८ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध सम्पत्ति जोडेका ढुंगानाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । ढुंगानाले सार्वजनिक सेवामा रहँदा चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५रुपैयाँ सम्पत्ति गैरकानुनीरुपमा आर्जन गरेको खुलेको हो ।अख्तियारले मुद्दामा उनकी पत्नी मधु कोइराला (ढुङ्गाना)लाई पनि विपक्षी बनाएको छ ।

२०४९ साउन १९ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। जागिर अवधिमा उनको वैध आय ७९ लाख ५४ हजार ७९५ रुपैयाँ ८ पैसा हुनुपर्ने थियो। तर उनको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ रुपैयाँ ५३ पैसा देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए।

यही आधारमा उनको खर्च र लगानीमध्ये चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसाको स्रोत खुल्न नसकेको हो। ढुंगानाले अवैध आर्जनबाट श्रीमती मधु कोइराला ढुङ्गानाको नाममा सम्पत्ति थुपारेको देखिएकाले उनीविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ। निजले गरेको खर्च तथा लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसाको स्रोत खुल्न नआएको हुँदा उनले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।

उनले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती मधु कोइराला (ढुङ्गाना) को नाममा समेत खरिद गरी राखेको देखिएको अख्तियारले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्