Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पार्टीले दिएको निर्देशनमा अघि बढ्छु : नारायणकाजी श्रेण्ठ


पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले दिएको निर्देशन अनुसार अघि बढ्ने बताएका छन् ।

आइतबार राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएपछि पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले आर्थिक क्रान्तिको प्रक्रियालाई अघि बढाउन पार्टी दत्तचित्त भएर लागेको बताउँदै पार्टीले दिएको निर्देशन अनुसार अघि बढ्ने बताए ।

उनले राष्ट्रियसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीको जितले समृद्धिको बाटोमा लम्किन थप टेवा पुग्ने बताए । उनले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि मात्रै सभामुखको टुङ्गो लाग्ने बताए ।

‘संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुने व्यवस्था छैन’, उनले भने, ‘अब उपसभामुखले पदबाट राजीनामा दिनुहुन्छ, त्यसपछि मात्रै सभामुखबारे पार्टीभित्र छलफल हुन्छ ।’ सभामुखको बिषयमा पार्टीभित्र औपचारिक छलफल नभएको बताउँदै प्रवक्ता श्रेष्ठले पार्टीभित्र छलफल गरेर मात्रै निर्णय हुने प्रष्टाए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्