नेपालगञ्ज विमानस्थलमा सहायता कक्ष सञ्चालनमा

नेपालगञ्ज – विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष बिहीबारदेखि सञ्चालनमा आएको छ।
गृह सचिव प्रेमकुमार राईले सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउँमा गरी १२ वटा मानवीय सहायतास्थल निर्माण गर्ने योजना रहेको जानकारी दिए।
काठमाडौँ र धनगढीपछि नेपालगञ्ज विमानस्थलमा स्थापना भएको सो कक्ष तेस्रो भएको जनाइएको छ। उनले सहायता कक्ष निर्माण भए पनि कर्मचारी व्यवस्थापनमा समस्या रहेको हुँदा यथाशीघ्र सबै ठाउँमा कर्मचारी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने छ। रासस
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्