Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

सागमा पदक विजेता खेलाडीलाई एनआईसी एशिया बैंकद्वारा नौं लाख ९५हजार नगद सहयोग


काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले ए.पी.एफ. क्लबका १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता- २०७६ (साग)का विजेता खेलाडीहरुलाई नौं लाख ९५ हजार नगद सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए.पी.एफ.क्लबका सागमा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप नौं लाख ९५ हजार बराबरको रकम प्रदान गरेको छ ।

उक्त सहयोग स्वरुपको चेक एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको प्रमुख अतिथ्यता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्