Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक जना घाइते


जनकपुर –  धनुषामा सवारी दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ स्थित गोदारमा बा६४प ३०४७ नम्बरको मोटरसाइकल र स१च १८५८ नम्बरको भ्यान एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीय प्रमिला साहको मृत्यु भएको हो । उनीहरुका १० वर्षीय छोरा जोन कुमार साह सामान्य घाइते रहेको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्