Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

एमसीसी सम्झौताको विषयमा अनावश्यक भ्रम फैलाइए : प्रधानमन्त्री ओली


काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा भ्रम नपाल्न आग्रह गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओली एमसीसी सम्झौताको विषयमा अनावश्यक भ्रम फैलाइएको बताए।

प्रधानमन्त्री ओलीले एमसीसीका कुनै पनि बुँदामा समस्या नरहेको प्रस्ट पारे। सन २००४ मा स्थापना भएको अमेरिका सरकारको सहयोग निकाय भएको प्रधानमन्त्री ओलीले जनाकारी दिए।

सुशासन, जनतामा लगानी र आर्थिक स्वतन्त्रता लगायतकाका निश्चित परिसूचकका आधारमा विश्वका विकसनशील राष्ट्रको छनौट गरेर गरिबी घटाउन सहयोग गर्ने एमसीसी कार्यक्रम भएको उनको भनाइ थियो।

उनले एमसीसीमार्फत हुने सम्झौता अनुसार प्राप्त रकम विकासमा मात्र खर्च गर्न पाइने सर्त र सैन्य क्षेत्रमा खर्च गर्न नपाइने सम्झौता भएको उनको दावी थियो।

उनले एमसीसी सम्झौता कार्यान्वयन गराएर जान नसक्दा अनावश्यक विवाद र खर्च बढेको उनको भनाइ थियो। ‘एमसीसीमा विवाद गर्नुपर्दैन, यो सहायता हो। यसमा होच्याउने कुरा छैन’, उनले भने।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्