Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

चीनबाट नेपाल फर्किन १७५ जनाले दिए आवेदन


काठमाडौं – नोवेल कोरोना भाइरसबाट महामारीको रुप लिएपछि चीनबाट नेपाल फर्किन १७५ जनाले आवेदन दिएका छन् । शनिवार बेइजिङस्थित नेपाली दूतावासले हुवेइमा रहेका नेपालीहरुलाई उद्धार गर्ने तयारी थाल्दै आवेदन भर्न आह्वान गरेको थियो ।

आज विहान स्थानीय समयअनुसार ९ बजेका लागि समय दिइएकोमा यस अवधिमा १७५ जनाले नेपाल फर्कनका लागि आवेदन दिएको स्रोतले बतायो ।

नेपालीको उद्धारका लागि काठमाडौंबाट विशेष चार्टर विमान पठाउने तयारी भइरहेको छ । शनिवारमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुवेइमा रहेका नेपालीलाई फर्काउन जहाज तयारी अवस्थामा राखेका बताएका थिए ।

नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई विमान तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्