यातायात व्यवस्था कार्यालयका अधिकृत शिवलाल घुससहित पक्राउ

काठमाडौं – काठमाडौंस्थित यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भूमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले अधिकृत पौडेल र सेवाग्राही दीपक खतिवडालाई कार्यालय परिसरबाट नै नियन्त्रणमा लिएको हो।
पौडेललाई सेवाग्राहीसँग १३ हजार घुस लिँदै गर्दा टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
पौडेललाई सवारी कर र प्रदूषणबापतको रकम तिर्नका सेवाग्राही दीपक खतिवडाले घुस १३ हजार दिएका थिए।उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्