चीनले ९ दिनमा बनायो यस्तो अस्पताल (फाेटाेसहित)

वुहान – चीनले आपतकालिन १,००० शैयाको अस्पतालको काम पुरा गरेको छ । यो अस्पताल विशेषगरी वुहान कोरोनाभाइरसको बिरामीको उपचारका लागि स्थापना गरिएको हो ।
हुवोसेनसन अस्पतालका लागि २३ जनवरीमा काम सुरु गरिएको थियो र यो आईतबार बिहान पुरा भएको चिनियाँ संचार माध्यमले जनाएका छन् ।
यो अस्पताल हाल चिकित्सा कर्मचारीको मातहतमा पठाइएको छ र सोमबारबाट बिरामीको भर्ना लिन थाल्ने ग्लोबल टाइम्सले ट्वीटरमा लेखेको छ । हुवोसेनसन अस्पतालमा १ हजार ४०० मेडिकल पर्सनल रहेका छन् । यी सबै पिपुल्स लिबरेसन आर्मीबाट आएका हुन् ।
यो अस्पतालको क्षेत्रफल २५,००० वर्ग मीटरमा फैलिएको छ र यसमा १,००० सैया रहेको पिपुल्स डेलीले जनाएको छ । डिसेम्बरको सुरुमा देखा परेको कोरोना भाइरसबाट चीनामा मृत्यूको संख्या ३०० नाघिसकेको छ । वुहान लगायत कतिपय चिनियाँ सहरहरु बन्द गरिएका छन् ।
२४ मुलुकका १७,००० भन्दा बढी मानिसमा यो भाइरस पोजेटिभ पाइएको छ । चीनमा मृत्यू हुनेको संख्या ३६१ पुगेको छ भने विदेशमा एक मात्र मृत्यू फिलिपिन्समा भएको छ । आइतबार फिलिपिन्समा एकको यो भाइरस संक्रमणका कारण मृत्यू भएको हो ।
क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्